Comments Add Comment

Advertisment

SKIP THIS

दाङ–सल्यान सडकखण्डमा सुख्खा पहिरो गएको कारण आवागमन बन्द

९ चैत , काठमाडौं । राप्ती राजमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्डमा सुख्खा पहिरो गएपछि आवागमन बन्द भएको छ । सडक निर्माणको क्रममा सुख्खा पहिरो झरेपछि सडक बन्द भएको हो ।

सल्यानको कपुरकोट–३ चोरखोलानजिक छाँगामा सडक निर्माण कार्य भइरहेका बेला बुधबार बिहान सुख्खा पहिरो झरेको थियो । पहिरोले बा २ क ८०७७० नम्बरको स्काभेटर पुरिएको प्रहरीले जनाएको छ । दुर्घटनामा स्काभेटरका अपरेटर हिमनाथ योगी सामान्य घाइते छन् ।

पहिरो झरेको ठाउँमा अर्को स्काभेटर भएपनि सडकको अवरोध हटाउन समस्या भएको र दाङबाट अर्को स्काभेटर ल्याएर पहिरो हटाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । दिउँसोसम्ममा सडक सञ्चालनमा आउन सक्ने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै