Comments Add Comment

Advertisment

SKIP THIS

स्थानीय निर्वाचनका लागि मतदाता नामावली आज सार्वजनिक

१३ चैत , काठमाडौं । निर्वाचन आयोगले आज स्थानीय निर्वाचनका लागि मतदाता नामावली सार्वजनिक गर्ने भएको छ । स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते हुँदैछ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार सोही अनुसार मतपत्र छपाइ हुनेछ । आयोगले स्थानीय तहको निर्वाचनको मतपत्र जनक शिक्षा सामग्री लिमिटेडबाट छपाइ गर्ने निर्णय गरेको छ । आगामी शुक्रबार मतपत्र जनक शिक्षा सामग्रीबाट छाप्न सुरु गरिनेछ । शर्माका अनुसार करिब २ करोड मतपत्र छाप्ने तयारी छ । यसअघि पनि जनक शिक्षाबाटै मतपत्र छाप्ने गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै