१७ चैत , काठमाडौं । अभिनेत्री करिश्मा मानन्धले आफ्नो न्वानरको नाम थाहा पाएर धेरैलाई भिटामिन डी प्राप्त भएको बताएकी छन् ।
कपिलवस्तुमा आयोजित नेकपा एमालेको सभामा बोल्दै अभिनेत्री मानन्धले आफ्नो न्वानरको नाम सुर्जेकुमारी भएको बताइन् । उनको यो अभिव्यक्तिले राम्रै चर्चा बटुल्यो ।
उनले भनेकी थिइन्, ‘मेरो न्वारनको नाम पनि सुर्जेकुमारी हो है । सूर्यले सोलार सिस्टमलाई धानेको छ । सूर्यले नेपाललाई धान्नेछ । लालसलाम ।’
अहिले करिश्माले आफूविरुद्ध भएका कटाक्षबारे टिप्पणी गरेकी छन् । सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेकी छन्, ‘सूर्यकुमारी मेरो न्वारनको नाम थाहा पाउँदा धेरैलाई पोल्यो । भिटामिन डी प्राप्त भयो । राम्रो हो ।’



