Comments Add Comment

Advertisment

SKIP THIS

त्रिकोणात्मक सिरिजमा नेपालद्धारा पपुवा न्यू गिनीलाई २०४ रनको विशाल लक्ष्य

१७ चैत , काठमाडौं । त्रिकोणात्मक टी–ट्वेन्टी अन्तर्राष्ट्रिय सिरिजमा नेपालले पपुवा न्यू गिनी पीएनजीसामु २ सय ४ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।

काठमाडौंको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाएर २ सय ३ रन बनाएपछि पीएनजीले २०४ रनको विशाल लक्ष्य पाएको हो ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ६६, रोहित पौडेलले ४१ र आशिफ शेखले ३८ रन बनाए । मोहम्मद आदिल आलामले ३१ र कुशल भूर्तेलले १७ रन जोडे ।

पीएनजीका कबुअ मोरेआले तीन विकेट लिए । त्यस्तै, रिले हाकुरेले दुई तथा नोर्मान भानुअ र नोसैना पोकनाले समान एक विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै