Comments Add Comment

Advertisment

SKIP THIS

भारत सरकारसँग कृषिमा छलफल , सातवटा एजेन्डा

१९ चैत , काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा रहेका बेला रासायनिक मल, कृषि व्यापार प्रवर्द्धन, प्राविधिक सहायतालगायत विभिन्न सात विषयमा छलफल हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको आजको गोरखापत्र दैनिकमा समाचार छ ।

शुक्रबारदेखि सुरु भएको प्रधानमन्त्री देउवाको भ्रमण टोलीमा कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्रराय यादव, कृषि सचिव डा. गोविन्द शर्मा पनि रहेका छन् । भारत सरकारसँग कृषिमा छलफलका लागि विभिन्न सातवटा एजेन्डा लिएर उनीहरू गएका हुन् । कृषिमन्त्री यादवका प्रेस सल्लाहकार सत्यप्रकाश यादवका अनुसार नेपालमा रासायनिक मल कारखाना खोल्न चाहिने सहयोगका बारेमा छलफल हुनेछ।

नेपाल-भारतबीच छलफलको सूची

  •  जीटुजी विधिबाट रासायनिक मल खरिद
  • रासायनिक मल कारखाना स्थापना
  •  कृषिजन्य वस्तुको व्यापार प्रवर्द्धन
  •  कृषिमा प्राविधिक सहायता
  •  नश्ल सुधार गर्न मुर्रा राँगा आयात
  • एकीकृत जाँचचौकी स्थापना
  • खोरेत खोप उत्पादन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै