महात्मा गान्धीको समाधिस्थलमा प्रधानमन्त्री देउवा -
Comments Add Comment

महात्मा गान्धीको समाधिस्थलमा प्रधानमन्त्री देउवा

१९ चैत , काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा शनिबार बिहान राजघाटस्थित महात्मा गान्धीको समाधिस्थल गई महात्मा गान्धीप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

सो अवसरमा प्रधानमन्त्रीले त्यहाँ राखिएको आगन्तुक पुस्तिकामा अहिंसात्मक आन्दोलनका प्रणेता गान्धीको ‘भारत छोडो’ अभियान तथा उनको योगदान अविष्मरणीय रहेको उल्लेख गर्दै हस्ताक्षर गरे ।

प्रधानमन्त्रीका साथमा प्रथम महिला डा आरजु राणा देउवा, परराष्ट्रमन्त्री डा नारायण खड्का, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा, कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्रराय यादव, मुख्यसचिव शङ्करदास बैरागी, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानबहादुर देउवा, परराष्ट्र सचिव भरतराज पौड्यालगायत महात्मागान्धीप्रति श्रद्धाञ्जलि अर्पण गर्न राजघाट पुगेका थिए ।

k|wfgdGqL b]pjf – dxfTdf ufGwLk|lt >4f~hnL
gofFlbNnL, !( r}t . ef/t e|d0fdf /xg’ePsf k|wfgdGqL z]/axfb’/ b]pjf zlgaf/ /fh3f6l:yt dxfTdf 3fGwLsf] ;dflw:yn hfg’eO{ pxfFk|lt xflb{s >4f~hnL ck{0f ub}{ . t:jL/ M /f]zg ;fksf]6f, /f;;

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै