Comments Add Comment

Advertisment

SKIP THIS

निगमका १४८ यात्रु बैंककमा अलपत्र

२० चैत , काठमाडौं । नेपाल वायुसेवा निगमको निकम्मा व्यवस्थापनका कारण करिब १४८ यात्रु बैंककमा अलपत्र परेका छन् ।

गत शुक्रबार बैंककबाट काठमाडौं आउनुपर्ने निगमको जहाजमा समस्या आएका कारण आरए ४०५ को उडान स्थगित गरिएको थियो ।

शुक्रबार अपराह्न ४ः४५ बजे बैंककबाट काठमाडौं उड्नुपर्ने जहाजको उडान रद्द भएपछि यात्रुहरुलाई एयरपोर्ट नजिकैको चोरपरी होटलमा राखिएको थियो ।

उक्त उडानमा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर हिमालयशम्शेर जबरालगायतका नेपाली व्यापारी र विदेशी यात्रुहरु रहेका छन् ।

होटलमा बसेका यात्रु भूषण श्रेष्ठले दृष्टि अनलाइनलाई फोन गरेर यो सूचना पर्यटनमन्त्री प्रेम आलेलाई सुनाइदिन र अलपत्र यात्रुलाई तुरुन्त काठमाडौं ल्याउने व्यवस्था मिलाउन आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै