२६ चैत , काठमाडौ । स्पेनिस ला लिगा फुटबलमा सेभियाले ग्रानडालाई ४(२ गोल अन्तरले हराएको छ ।
शुक्रबार राति भएको खेलमा सेभियाले ग्रानडामाथि सहज जित निकालेको हो । खेलको २३ औं मिनेटमा डार्विन माचिस र ८८ औं मिनेटमा भिक्टर डियाज मिगुएलले ग्रानडाका लागि गोल गरेका थिए ।
सेभियाका लागि ३२ औं मिनेटमा डिएगो कार्लोस, ६६ औं मिनेटमा लुकास ओकम्प्सले गोल गरे। खेलको इन्जुरी समयको तेस्रो मिनेटमा राफा मिरले र नवौं मिनेटमा पापु गोमेजले गोल गरेका थिए ।
यस जितसँगै ३१ खेलमा ६० अंक जोडेको सेभिया दोस्रो स्थानमा रहेको छ ।
ग्रानडा २९ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।




