Comments Add Comment

Advertisment

SKIP THIS

नेप्सेमा ३४ अंकको गिरावट, डेढ अर्बको कारोबार

२९ चैत , काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज ३४.७८ अंकले घटेर २३ सय अंकको बिन्दुतर्फ घरेको छ । सेयर बजार उच्च अंकले घटेसँगै नेप्से परिसूचक २३ सय ८५ अंकमा आइपुगेको छ । आज विहान २४ सय १९ अंकबाट सुरू भएको थियो ।

यसक्रममा आज १ अर्ब ५२ करोड रुपैयाँ बराबरको ३७ लाख ८३ हजार कित्ता सेयर किनबेच भएको छ । परिसूचक ३४ अंकले घटेको दिन आज होटल र टुरिजम समूहको सूचक ३.१४ अंकले बढ्नुबाहेक अन्य समूहमा सुधार आएन ।

आज सबैभन्दा धेरै निर्जीवन बीमा समूहको सूचक घटेको छ । यो समूहमा २३५ अंकको गिरावट आएको छ भने जिवन बीमा समूहमा २१४ अंकको गिरावट आएको छ । यसैगरी, विकास बैंक समूहमा ७१ अंकको गिरावट आएको छ भने जलविद्युत समूहमा ५२ अंकको गिरावट आएको छ ।

नेप्से परिसूचक दोहोरो अंकले घटेपनि आज नेष्डो लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ । प्रतिकित्ता १८७ रुपैयाँ बढेर कम्पनीको सेयर मूल्य २ हजार ५७ रुपैयाँ पुगेको छ । यसैगरी, इमर्जिङ नेपालको सेयर मूल्य प्रतिकित्ता ६६ रुपैयाँले घटेर ९३५ मा आइपुगेको छ ।

आज सबैभन्दा धेरै हिमालयन डिस्टिलरी लिमिटेडको सेयर कारोबार भएको छ । आज ५ करोड ७५ लाख रुपैयाँ बराबरको उक्त कम्पनीको सेयर कारोबार भएको छ । यसपछि, नबिल बैंकको सेयर ४ करोड ३४ लाख रुपैयाँको कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै