Comments Add Comment

Advertisment

SKIP THIS

विषालु च्याउ खाँदा १३ जनाको मृत्यु , ३५ जना बिरामी

०१ बैशाख , काठमाडौं । भारतको आसाम राज्यमा विषालु च्याउ खाँदा १३ जनाको मृत्यु भएको छ भने ३५ जना बिरामी परेका छन् ।

आसामको चराइदेव, डिब्रुगढ, शिवसागर र तिनुसुकिया जिल्लामा विषालु च्याउ खाँदा १३ जनाको मृत्यु भएको हो । भारतीय सञ्चारमाध्यमका अनुसार गएको सोमवार ४ जनाको र अस्ति मंगलवार ९ जनाको मृत्यु भएको हो । च्याउ खाएर बिरामी परेका ३५ जनाको उपचार भइरहेको जनाइएको छ ।

उनीहरुमध्ये दुई जनाको अवस्था गम्भीर छ । उनीहरुले सामान्य च्याउ सम्झेर खाएको बताएका छन् । उनीहरुलाई च्याउ खाएपछि पेट दुख्ने, वान्ता हुनेजस्ता समस्या देखिएको खबरमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment