Comments Add Comment

Advertisment

SKIP THIS

महोत्तरीका पालिकाहरुमा जनप्रतिनिधि बन्न युवाको आकांक्षा बढ्दो

०३ बैशाख , काठमाडौं । धेरै पालिकाहरुमा युवाहरुले जनप्रतिनिधि बन्न आकांक्षा देखाएका छन् । ३५ वर्षभन्दा मुनिका युवाहरुको जनप्रतिनिधि वन्न देखिएको दौडधूपले महोत्तरीमा रौनक देखिएको छ । बर्दिबास नगरपालिकाका वडा–१ का अध्यक्षका आकांक्षी निरज अधिकारी र सौरभ खडका यसपालिको सत्ता सञ्चालन युवाहरुले गर्नुपर्ने बताउँछन् । पाटीभित्र अग्रज धेरै भएपनि युवाहरुले सकारात्मक सोच र समृद्धिका लागि नवीन योजना बनाउन सक्ने उनीहरुको भनाइ छ ।

‘पार्टीले युवाहरुलाई अग्रसर बनाएर नयाँ राजनैतिक धारको बिकास गर्नुछ भने विकासका आधारहरू तयार गरेर रोजगारी सिर्जना गर्नु छ’ उनीहरु दुबैको साझा भनाइ छ । त्यस्तै बर्दिबास–१०, ११ तथा वडा न.३ मा पनि युवाहरुले वडा अध्यक्षका लागि दाबी गरेका छन्। वडा न।३ का गणेश बस्नेत, पूर्णबहादुर, नर बहादुर खनाल लगायतले आकांक्षा देखाएका छन् ।

अकांक्षीहरुमध्ये छोटो समयमा नै राजनीतिक भूमिकाबाट छुट्टै छाप छोड्न सफल युवा नेता गणेश बस्नेतको निक्कै चर्चा छ । स्थानीयले पार्टीभन्दा पनि ब्यक्तिको क्षमता र सोचलाई हेरेर आफ्नो मत प्रयोग गर्ने बताइरहेका बेला युवा सहभागितालाई महत्वपूर्ण ढंगले हेरिएको छ ।

त्यस्तै अन्य वडाका युवाहरुले पनि आकाङ्क्षा देखाएका छन । पाटीले युवा सहभागितालाई जोड दिने बताइरहेको बेला युवाहरुको आकर्षणले सकारात्मक सन्देश प्रवाह गरिरहेको स्थानीय बताउँछन् । राजनैतिक संस्कारलाई परिवर्तन गर्न पनि युवाहरुले नेतृत्व लिनुपर्ने बर्दिबास–१ का सुदर्शन काफ्ले, वडा नं. ४ का हरि काफ्ले बताउँछन् ।

यसैबीच नेपाली काँग्रेसले जिल्लाको उत्तरी क्षेत्र बर्दिबास नगरपालिकामा केही वडाहरूमा उम्मेदवार टुंगो लगायत पनि अन्य पालिकाहरुमा प्रक्रियामा नै छ । नेपाली काँग्रेसका नेता चिरञ्जिवी हमालका अनुसार शनिबार बेलुकासम्म उम्मेदवार टुंगो लगाएर सिफारिस भएका नामहरू जिल्लामा बुझाउने कार्यक्रम छ । यता नेकपा एमाले भने अझै अलमलमा छ । आंकाक्षीहरुको संख्या अत्याधिक भएको कारणले उम्मेदवार टुंगो लगाउन नसकिएको नेकपा एमाले महोत्तरीका सचिव सीताराम झाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै