Comments Add Comment

Advertisment

SKIP THIS

२० हजार रुसी सैनिक मारिएको जेलेन्स्कीको दाबी

०३ बैशाख , काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले गत फेब्रुअरी २४ मा आक्रमण थालेयता हालसम्म २० हजार रुसी सैनिक मारिएको दाबी गरेका छन् । अमेरिकी टेलिभिजन च्यान सीएनएनलाई दिएको अन्तरवार्तामा उनले यस्तो बताएका हुन् ।

साथै उनले रुसी हमलामा २५ सयदेखि ३ हजार युक्रेनी सेना मारिएको बताए । त्यस्तै युद्धमा १० हजार युक्रेनी सेना घाइते भएको उनको भनाइ छ ।

‘युद्धमा नागरिक हताहतको कुनै गणना छैन’, उनले भने । रुसले गत महिना युद्धमा आफ्ना १ हजार ३ सय ५१ सेना मारिएको र ३ हजार ८ सय २५ जना घाइते भएको जनाएको थियो ।

युद्धमा मारिने र घाइते हुने सेनाको संख्याबारे दुबै पक्षले आआफ्नो दाबी गरे पनि त्यसबारे स्वतन्त्र पुष्टि हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै