Comments Add Comment

इटहरीबाट हराएका बालक भेटिए, प्रहरीले लगायाे अभिभावककाे जिम्मा

०८ बैशाख , काठमाडौं । इटहरी २ मा रहेको महेन्द्र माध्यमिक विद्यालयमा कक्षा ४ मा अध्ययनरत दुइ बालक सकुशल भेटिएका छन् । गत चैत २९ गते देखि इटहरी २ देविथानका १४ वर्षीय रञ्जित निरौला र ११ वर्षीय लक्की बिक्रम साहलाइ इलाका प्रहरी कार्यलय इटहरीले अभिभावककाे जिम्मा लगाइएकाे प्रहरी नायब उपरीक्षक खगेन्द्र कुमार खड्काले बताए । उनिहरू दुवै जना चैत गते २९ विद्यालयकामा परीक्षा दिन पुगेका थिए र परीक्षा पश्चात १२ बजे घर फर्किदै गर्दा हराएका थिए ।

बेपत्ता रहेका रञ्जित निरौलाकि आमा रचना निरौलाका अनुसार उनीहरूको खोजीका लागि गत चैत ३० गते नै इलाका प्रहरी कार्यलय इटहरीमा खोज तलासको लागि निवेदन दर्ता गराएका थिए । त्यस पश्तात प्रहरिले उनिहरूकाे खाेजिकार्य तिब्र पारेकाे थियाे । उनिहरू घरपरिवारमा कसैलाई जानकारी नगराई सिराहा घुम्न गएकाे प्रहरिले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै