Comments Add Comment

Advertisment

SKIP THIS

ज्योति विकास बैंकद्वारा सिसिटिभी क्यामरा हस्तान्तरण

०८ बैशाख , काठमाडौं । ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत काठमाडौं महानगरीय प्रहरी वृत्त लैनचौरलाई सिसिटिभी क्यामराहरु हस्तान्तरण गरेको छ।

लैनचौर प्रहरीवृत्तमा आयोजित एक कार्यक्रममा ज्योति विकास बैंकका सहायक महाप्रबन्धक रामहरि आचार्य र बैंकका बालाजु शाखा प्रबन्धक राकेश डंगोलले संयुक्त रुपमा महानगरीय प्रहरी वृत्त लैनचौरका प्रहरी नायब उपरीक्षक दुर्गा प्रसाद दाहाललाई सिसिटिभी क्यामरा हस्तान्तरण गरेका हुन् ।

बैंकले महानगरीय प्रहरी वृत्त कार्यालयको हिरासतमा रहेका थुनुवाहरुको सुरक्षा, कार्यालयको आन्तरिक सुरक्षा र नागरिकलाई पारदर्शी सेवा प्रदान गर्ने कार्यलाई सहयोग पुर्‍याउने हेतुले सो सहयोग गरेको हो।

नेपाली समाजमा स्थानीय तहमा रहेका सम्भावनाहरुको पहिचान गरि त्यस्ता सम्भावनाहरुलाई उजागर गर्नको लागि सहयोगी बन्ने मूल उद्देश्यका साथ ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत ज्योति विकास बैंकले विभिन्न सामाजिक संस्था तथा नागरिकहरुसँग प्रत्यक्षरुपमा जोडिएर सामाजिक उत्तरदायित्वसम्बन्धि कार्यहरु गर्दै आएको छ।

ज्योति विकास बैंकले हाल ११६ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६४ वटा एटिएम मार्फत सेवा उपलब्ध गराउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै