Comments Add Comment

Advertisment

SKIP THIS

जनकपुरधामका कांग्रेस सभापतिले छाडे पार्टी

०९ बैशाख , काठमाडौं । सत्ता गठबन्धनको भागबन्डामा जनकपुरधाम उपमहानगरपालिका जसपाले पाएपछि असन्तुष्टि जनाउँदै नेपाली कांग्रेस जनकपुर उपमहानगरपालिका सभापति मनोजकुमार साहले पार्टी छाडेका छन् ।

शुक्रबार जनकपुरधाममा पत्रकार सम्मेलन गरी उनले कांग्रेस छाडेका हुन् । साहले पार्टीबाट राजीनामा दिएर स्वतन्त्र रूपमा मेयर पदमा उम्मेदवारी दिने जनाएका छन् ।

‘नेपाली कांग्रेसले जनकपुरको सन्दर्भमा गरेको गलत निर्णय सच्याउन यसअघि २४ घन्टे अल्टिमेटम दिएका थियौं, नभए कठोर कदम चाल्न बाध्य हुनेसमेत भनेका थियौं,’ साहले भने, ‘तर पार्टीले त्यो कुराको सुनुवाइ नगरेपछि नेपाली कांग्रेस परित्याग गरेको हो ।’ उनीसँगै सबै नगर वडा सभापतिहरूले पनि कांग्रेस छाडेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै