१० बैशाख , काठमाडौं । सूर्यविनायक नगरपालिका ८ का वडाध्यक्ष किरण थापाले राजीनामा दिएका छन्। वैशाख ३० मा हुने स्थानीय चुनावमा फेरि उम्मेदवार बन्न थापाले शुक्रबार वडाध्यक्ष पदबाट राजीनामा दिएका हुन् ।
उनले सूर्यविनायक नगरपालिका प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र प्रसाद कँडेललाई आज राजीनामा पत्र बुझाएका हुन् । विकट ठाउँलाई विकाशको कामले टाढाटाढासम्म चिनाएका थापा आउँदो स्थानीय तहको चुनावमा सोही ठाउँबाट नेकपा एमालेको तर्फबाट मेयरमा उठ्ने तयारीमा छन् ।
पछिल्लो समय स्थानीय तहको निर्वाचनका चाप बढेसँगै आकांक्षीहरु पनि बढीरहदा थापाले पनि सूर्यविनायक नगरपालिकाको मेयरमा उठ्ने अठोट गरेका हुन् । उनी यस नगरपालिकाको वडानम्बर ८ का वडाध्यक्ष हुँदा आफ्नो घोषणा पत्र भन्दा बढी काम गरेर देखाएका छन् । लामो समय व्यवसाय गरिसकेर सफल भएपछि आफ्नो क्षेत्रमा वडाध्यक्ष भएर स्थानीयलाई सुख सुविधा दिने सपना उनले पूरा गरिसकेका छन् ।
आफ्नो वडामा आफूले गरेको विकाशले अन्य क्षेत्रका स्थानीयले पनि प्रशंसा गरिरहेको उनी बताउँछन् ।
थप कुराकानी भिडियोमा हेर्नुहोस् :






