Comments Add Comment

Advertisment

SKIP THIS

स्वास्थ्य सेवा कार्यालयका प्रमुखलाई कालोमोसो दल्ने तीन जना पक्राउ

१० बैशाख , काठमाडौं । स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख टिकाराम जैसीलाई ३० फागुनमा कार्यकक्षमै कालोमोसो र जुत्ताको माला लगाउने चार जना विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता पक्राउ परेका छन् ।

आज बिहान भेरी–१ पिपे घर भएका युवा संगठनको अध्यक्ष ३१ वर्षीय डिलबहादुर राना, कुसे गाउँपालिका–५ घर भइ युवा संगठनका इन्चार्ज २६ बर्षीय गोविन्द चन्द र भेरी नगरपालिका–७ घर भइ अखिल क्रान्तिकारीका संयोजक दिपेन्द्र सिंह पक्राउ परेका हुन् । पक्राउ परेकाहरूमाथि प्रमुख जैसीलाई विभिन्न आरोप लगाउँदै कार्यकक्षमै जुत्ताको माला र मोसो दलेको आरोप लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै