Comments Add Comment

Advertisment

SKIP THIS

बाजुराबाट दिल्ली पुगेर छिमेकीको हत्या गर्ने देबेन्द्रलाई बाजुरा प्रहरीद्वारा पक्राउ

भारतको दिल्लीस्थित चाँदनी चोक पुगेर योजनाबद्ध ढंगले आफ्नै छिमेकीको हत्या गरी फरार भएका एक जना अभियुक्तलाई बाजुरा प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख डिएसपी चतुर्भुज ओझाका अनुसार बुढीगंगा नगरपालिका–७ बस्ने १९ वर्षीय देबेन्द्र बिक भनिने देबेन्द्र बहादुर लुहार पक्राउ परेका हुन् । उनलाई जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ ।

डिएसपी ओझाका अनुसार देबेन्द्र आफ्नै ३८ वर्षीय छिमेकी मंगल सिंह भनिने मंगले लुहारको हत्या गरी फरार भएका थिए । भारतीय प्रहरीको सहयोगमा बाजुरा ल्याएर उनी माथि कर्तव्य ज्यान मुद्दा चलाइएको छ ।

‘योजनाबद्ध ढंगले हत्या गरेको देखिन्छ,’ डिएसपी ओझाले भने, ‘गत फागुन १५ गते बिहान उनी आफ्नो उद्धेश्य पुरा गर्न दिल्ली पुगेको खुलेको छ । त्यो दिन मौका कुरेर बसेको र भोलिपल्ट राति ३ बजे चाँदनी चोक नजिकको सदर मार्केटमा मृतक सुतेको घरको ग्यालरीमा गई हत्या गरेको प्रमाण फेला परेको छ ।’

देबेन्द्रले सुतिरहेकै अवस्थामा टाउकोमा काठको मुंग्रोले ६ पटक प्रहार गरी हत्या गरेका थिए । सिसिटिभी फुटेजले त्यो रहस्य खोलिदिएको छ । हत्यापछि फरार रहेका अभियुक्तको नाममा चैत १५ गते जिल्ला प्रहरी कार्यालय बाजुरामा मृतकका छोराले किटानी जाहेरी दिएका थिए ।

फरार अभियुक्तलाई भारतीय प्रहरीसँगको समन्वयमा पक्राउ गरी हिरासतमा राखी अनुसन्धान कार्य सुरु गरिएको छ । घटनास्थलबाट प्राप्त सिसीटिभि फुटेजमा अभियुक्तको हत्यामा संलग्नता रहेको खुलेको थियो ।

उक्त मुद्दाका अनुसन्धान अधिकृतसमेत रहेका डिएसपी ओझाले प्रतिवादीसँग जिल्ला न्यायाधिवक्ता समक्ष लिएको बयानमा समेत पूर्व रिसीवी साँध्न हत्या गरेको साबिति बयान दिएको सीमारेखालाई बताए ।

ओझाले बाजुरा प्रहरीको नेतृत्व सम्हालेपछि फरार अभियुक्तहरुलाई पक्राउ गर्न अभियान नै चलाएका छन् । जघन्य अपराध गरी भारतमा घरजम गरेकाहरुलाई पनि कानूनी कठघरामा उभ्याउन उनी सफल भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै