Comments Add Comment

Advertisment

SKIP THIS

रुपन्देहीका १५ पालिकामा गठबन्धनबाट बाहिरियो एकीकृत समाजवादी

१४ बैशाख , काठमाडौं । रुपन्देहीका १६ वटा पालिकामध्ये १५ पालिकामा नेकपा (एकीकृत समाजवादी) गठबन्धनबाट एक्लिएको छ ।

बुटवल उपमहानगरपालिकाबाहेक अन्य पालिकामा समाजवादी एक्लिएको हो । समाजवादीले १५ वटै स्थानीय तहमा एकल रुपमा उम्मेदवारी दर्ता गरेको छ । समाजवादीले बुटवल उपमहानगरमा पाँच दलीय गठबन्धनबाट उपप्रमुखमा चिनबहादुर गुरुङलाई उम्मेदवार बनाएको छ ।

धेरैजसो पालिकामा गठबन्धनसँग पद बाँडफाँटमा कुरा नमिल्दा एकल रुपमा उम्मेदवारी दिइएको एकीकृत समाजवादी रुपन्देहीका अध्यक्ष राजु गुरुङले बताए । समाजवादीले नगरपालिका प्रमुख र गाउँपालिका अध्यक्ष गरी नौ जना, उपप्रमुख र उपाध्यक्ष गरी आठ उम्मेदवारी दर्ता गराएको गुरुङले जानकारी दिए ।

तर, गठबन्धनमा आबद्ध अन्य दलले भने समाजवादीले हैसियत भन्दा बढी माग गरेकाले मिलेर जाने अवस्था नभएको बताएका छन् । समाजवादीले रुपन्देहीको तिलोत्तमा नगरपालिका प्रमुखमा महिला उम्मेदवार उठाएको छ ।

नगरप्रमुखमा आशाकुमारी चौधरी र उपप्रमुखमा सन्जिव भण्डारीले उम्मेदवारी दिएका हुन् । देवदह नगरपालिका प्रमुखमा छवि भट्टराई, उपप्रमुखमा सरस्वती पोख्रेल, सिद्धार्थनगर नगरपालिका प्रमुखमा कुलेन्द्र पुन, सैनामैना नगरप्रमुखमा देवराज पोख्रेलले उम्मेदवारी दिएका छन् । त्यसैगरी लुम्बिनी सांस्कृतिक नगरपालिकामा सफिउर रहमान अन्सारीले उपप्रमुखमा उम्मेदवारी दिएका छन् ।

समाजवादीले सम्मरीमाई गाउँपालिका अध्यक्षमा अशोक कुमार शुक्ला, उपाध्यक्षमा पवित्राकुमारी निषाद, शुद्धोधन गाउँपालिका अध्यक्षमा केशवकुमार खड्का, उपाध्यक्षमा रिना हरिजन, कञ्चन गाउँपालिका अध्यक्षमा रामबहादुर विक, उपाध्यक्षमा पार्वती पौडेल ढकाल, सियारी गाउँपालिकामा श्रीराम यादव, मायादेवी गाउँपालिकामा कपिलमुनी यादवले उम्मेदवारी दर्ता गरेको जिल्ला सचिव अविराम विकले बताए ।

उनका अनुसार १६ वटै स्थानीय तहमा वडाध्यक्षसहित सदस्यको मनोनयन भएको छ । बुटवल उपमहानगरमा गठबन्धन कायम भए पनि अन्य पालिकामा एकीकृत समाजवादीले कतै एक्लै कतै माओवादी र जसपासँग गठबन्धन गरेको उपसचिव सरिता श्रीसले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै