Comments Add Comment

Advertisment

SKIP THIS

५ अङ्कले शेयर बजार बढ्यो

१४ बैशाख , काठमाडौं । शेयर बजार आज पाँच दशमलव १७ अङ्कले बढेर दुई हजार तीन सय ७६ दशमलव १७ विन्दुमा पुगेको छ ।

आज बैंक, व्यापार, लघुवित्त र म्युचल फन्ड बाहेक अरू सबै समूहको शेयर सामान्य बढेको छ । आज दुई सय २८ कम्पनीका २८ लाख ८५ लाख कित्ता शेयर एक अर्ब आठ करोड रुपैयाँमा कारोबार भएकाे छ ।सबैभन्दा धेरै अरुण भ्याली हाइड्रो कम्पनीको पाँच करोड २१ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

शेयर बजार बढेकाे दिन जालपा लघुवित्तको शेयर १० प्रतिशतले र नेपाल फाइनान्सको शेयर झन्डै सात प्रतिशतले बढेको छ । माउन्टेन इनर्जी नेपाल र मानुषी लघुवित्तको शेयर भने तीन प्रतिशतभन्दा धेरैले घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै