Comments Add Comment

Advertisment

SKIP THIS

राप्रपा राजनीतिक शक्तिको रुपमा उदायो : अध्यक्ष राजेन्द्र लिङ्देन

१९ बैशाख , काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टी राजनीतिक शक्तिको रुपमा उदाएको दाबी गरेका छन् । गृहजिल्ला झापाको कचनकवल गाउँपालिकास्थित घेराबारीमा आयोजित आमसभालाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् ।

लिङ्देनले राप्रपालाई नजरअन्दाज गरेर अब राष्ट्रिय राजनीतिक शक्ति सन्तुलन नहुने पनि बताए । उनले राजनीतिलाई पेसा बनाउने प्रचलन बढेकाले त्यस्तो प्रवृत्ति अन्त्य गर्नुपर्नेमा जोड दिए । राजनीतिलाई पेसा व्यवसाय बनाउन नहुने भन्दै अध्यक्ष लिङ्देनले राजनीतिलाई सेवाको भावनाबाट विकास गराउन जरुरी रहेको उल्लेख गरे । ‘राजनीतिलाई सत्ता चढ्ने भर्याङ बनाउने होइन, देश निर्माण गर्ने अवसरका रुपमा लिनुपर्छ’, लिङ्देनले भने । देशलाई भ्रष्टाचारमुक्त बनाउने काम सजिलो नभएको भन्दै अध्यक्ष लिङ्देनले यसमा सबैको सामूहिक संकल्प, दृढ इच्छाशक्ति आवश्यक रहेको उल्लेख गरे ।

‘यो सजिलो काम होइन, समाज यति भ्रष्ट भइसक्यो कि यसलाई सानोतिनो संकल्पले हटाउन सकिँदैन’, उनले भने, ‘तर, भ्रष्टाचारलाई निर्मूल नपारेसम्म देश उँभो लाग्दैन ।’ भ्रष्टाचार गर्नेलाई राप्रपामा कुनै स्थान नभएको धारणा दोहोर्याउँदै अध्यक्ष लिङ्देनले भ्रष्टाचार गरेको पाइए राप्रपाका प्रतिनिधिलाई कारबाही गरिने बताए । ‘हाम्रा जनप्रतिनिधिले पनि भ्रष्टाचार गरेको पाइए साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्छौँ, थप कारबाहीका लागि अख्तियारमा सिफारिस गर्छौँ’, उनले भने‘ राप्रपा मन, वचन र कर्मले सुशासनप्रति प्रतिबद्ध छ, राप्रपा र अरु दलको फरक यहि हो’, लिङ्देनले भने ।

स्थानीय निर्वाचनमा आफ्ना उम्मेदवारले नगरपालिका र गाउँपालिकामा चुनाव जिते कक्षा १२ सम्म निःशुल्क शिक्षा प्रदान गर्ने र सबै बालबालिका र विद्यार्थीलाई शिक्षाको पहुँचमा जोड्ने उनको भनाइ छ । ‘यो राप्रपाले चुनाव जितेको झापाको कचनकवलमा लागू भइसकेको व्यवस्था हो, राप्रपाको केन्द्रीय घोषणापत्रमै कचनकवलको अभ्यास प्रतिबिम्बित भइसकेको छ’, लिङ्देनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै