Comments Add Comment

Advertisment

SKIP THIS

सी डिभिजन लिगमा पुलचोकको पहिलो जित

१९ बैशाख , काठमाडौं । शहीद स्मारक सी डिभिजन लिगमा पुलचोक स्पोर्ट्स क्लबले पहिलो जित निकालेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार बिहान भएको खेलमा पुलचोकले रानीवन स्पोर्ट्स क्लबलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

पुलचोकको जितमा सौरभ तामाङको गोल नै निर्णायक बन्यो । खेलको ५२ औँ मिनेटमा पुलचोकका लागि सौरभले गोल गरेका हुन् ।

तामाङ म्यान अफ द म्याच समेत घोषित भए । आज हुने दोस्रो खेलमा आरसी ३२ फुटबल एकेडेमी र समाज कल्याण खेलकुद केन्द्र दिउँसो पौने १ बजे आमने सामने हुनेछन् ।

मनोहरा युनाइटेड क्लब र ओएसिस क्लब दिउँसो ४ बजे भिड्नेछन् । आरसी ९ अंकसहित अंक तालिकाको दोस्रो स्थानमा छ भने समाज ६ अंकसहित सातौँ स्थानमा छ ।

मनोहरा ४ अंकसहित ९ औँ स्थानमा छ । अंकविहीन ओएसीस १३ औँ स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै