Comments Add Comment

Advertisment

SKIP THIS

टी–ट्वान्टी सिरिज : नेपाल जिम्बाब्वे ‘ए’ विरुद्ध फिल्डिङ गर्दै

१९ बैशाख , काठमाडौं । टी–ट्वान्टी सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले जिम्बाब्वे ‘ए’ विरुद्ध टस जितेर फिल्डिङ रोजेको छ । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज हुने खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको हो ।

आज सिरिजमा पहिलो जित निकाल्ने नेपालको लक्ष्य रहेको छ । आईतबार भएको पहिलो टी–ट्वान्टी खेलमा नेपाल जिम्बाब्वे ‘ए’ सँग ६ विकेटले पराजित भएको थियो ।

अमेरिकामा आयोजना हुने आईसीसी क्रिकेट विश्वकप लिग टुअन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारी स्वरुप नेपालले जिम्बाब्वे ए टोलीसँग सिरिज खेल्न लागेको हो ।

तयारी सिरिजमा नेपाली र जिम्बावेबीच ३ एकदिवसीय तथा ३ टी–ट्वान्टी खेल्ने तय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै