Comments Add Comment

Advertisment

SKIP THIS

गर्मी बढेसँगै भारतमा विद्युतको माग उच्च

१९ बैशाख , काठमाडौं । भारतमा गर्मी बढेसँगै विद्युतको माग उच्च भएको छ । केही दशक यताकै सबैभन्दा तातो गर्मीको सामना गरिरहेको भारतमा उर्जाको माग १३ दशमलब २ प्रतिशतले बढेर १ खर्ब ३५ अर्ब ४० करोड किलोवाट प्रतिघण्टा पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

अप्रिल महिनामा राजधानी दिल्लीमा मात्रै विद्युतको माग ४२ प्रतिशतले बढेको रोयटर्सले जनाएको छ । त्यस्तै, पञ्जाबमा ३६ प्रतिशत र राजस्थान राज्यमा २८ प्रतिशतले उर्जाको माग बढेको छ ।

यसबाहेक सिक्किममा पनि ७४ दशमलब ७ प्रतिशतले विद्युतको माग बढेको रोयटर्सले जनाएको छ । गर्मी बढेसँगै भारतीयहरुले एअर कण्डिसनको अधिक प्रयोग गरेका कारण उर्जाको माग बढेको जनाइएको छ ।

उर्जाको माग अनुसार आपूर्ति हुन नसक्दा अप्रिल महिनामा भारतका धेरै स्थानमा विद्युत कटौती गरिएको समेत रोयटर्सले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै