तीन दिने युरोप भ्रमणमा रहेका नरेन्द्र मोदी जर्मनी पुगे -
Comments Add Comment

तीन दिने युरोप भ्रमणमा रहेका नरेन्द्र मोदी जर्मनी पुगे

१९ बैशाख , काठमाडौं । युरोप भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जर्मनीको राजधानी बर्लिन पुगेका छन् । तीन दिने युरोप भ्रमणका क्रममा उनी सोमबार जर्मनीको राजधानी बर्लिनस्थित बर्लिन ब्राण्डेनबगै विमानस्थलमा अवतरण गरेको हिन्दुस्तान टाइम्सले जनाएको छ ।

जर्मनीमा रहँदा प्रधानमन्त्री मोदीले जर्मन चान्सलर ओलाफ सोल्जसँग भेटवार्ता गर्ने जनाइएको छ । दुई नेताले भारत–जर्मनी अन्तर सरकारी समन्वयको छैटौँ सम्मेलनको सहअध्यक्षता समेत गर्ने हिन्दुस्तान टाइम्सले जनाएको छ ।

बर्लिनमा अवतरण गरेको जानकारी दिँदै प्रधानमन्त्री मोदीले ट्विट समेत गरेका छन् ।

‘बर्लिनमा ओर्लिएको छु । चान्सलर ओलाफ शोल्जसँग आज भेटवार्ता गर्दैछु । व्यापारिक प्रतिनिधिहरूसँग पनि अन्तरक्रिया गर्ने र सामुदायिक कार्यक्रमलाई पनि सम्बोधन गर्नेछु ।’ उनको ट्विटमा लेखिएको छ, ‘यो भ्रमणले भारत र जर्मनीबीच रहेको मित्रता अझ प्रगाढ बनाउनेमा म विश्वस्त छु ।’

जर्मनीको भ्रमण सकेर उनी जर्मन छिमेकी डेनमार्क र फ्रान्स पनि पुग्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै