Comments Add Comment

Advertisment

SKIP THIS

घरदैलोमा एमाले : तारकेश्वर मा यस्तो छ चुनाबी माहोल

२१ वैशाख, काठमाडौ । काठमाडौ जिल्ला स्थित तारकेश्वर नगरपलिकामा चुनाबी माहोल तातिएको अबस्था छ। यहि बैशाख ३० गते हुने स्थानीय निर्बाचनका लागि जनताको घर दैलो मा पुग्दै उमेद्वारहरु भोट माग्न व्यस्त हुनुहुन्छ। यहि क्रममा नेकपा एमालेका उमेद्वारहरु पनि मंगलबार बिहानै देखि भोट माग्न ब्यस्त देखिन्थे।

नगरपालिका स्थित वडा नम्बर ९ मा सोहि वडाका अध्यक्षका प्रत्यासी श्याम कृष्ण महर्जन सहित नगर प्रमुखका उमेद्वार रामेश्वर बोहोरा उपप्रमुखकि प्रत्यासी भवानी डोटेल (भानु ) तथा वर्तमान वडा अध्यक्ष बलराम सिटौला सहितको उपस्थिति रहेको थियो।

अघिल्लो कार्यकालमा आफुले कोरेको सम्बृद्ध नगरको मार्गलाई ठोस गन्तव्यमा पुराउन यस पटक आफुले उमेद्वारी दिएको भन्दै नगर प्रमुख का उमेद्वार बोहोराले यस पटक नगरबसीहरुले थुप्रै लोककल्याकारी र जनमुखी कामहरु पाउने प्रतिबद्दता समेत ब्यक्त गर्नु भयो ।

डिजिटल नगरको परिकल्पना सहित आम नगर बासीको जनजिबिका र जिबनशैली उत्कृष्ठ बनाउन कुनै पनि कसर बाकी नराख्ने उपप्रमुख कि प्रत्यासी डोटेलले घर दैलो अभियानमा प्रतिबद्दता जनाउनु भयो।

उच्च राजनीतिक छबि संगै सामाजिक अभियन्ताको राम्रो पहिचान बनाएका वडा अध्यक्षका उमेद्वार श्याम कृष्ण महर्जनले आफ्नो बिगतको पृष्ठभुमि र जनताले आफुले माथि यस अघि गरेको विश्वास लाई कहिले डगमगाउन नदिने प्रतिबद्दता ब्यक्त गर्नु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै