Comments Add Comment

Advertisment

SKIP THIS

अध्यक्ष उम्मेदवार हरिशरण धिमिरेको कलम चिन्हमा जित हुन सक्ने सम्भावना

२४ बैशाख , काठमाडौं । तार्केश्वर-३ मा वडा अध्यक्ष उम्मेदवार हरिशरण धिमिरेलाई जनताको साथ र मायाले हुन लागेको स्थानिय तहको निर्वाचनमा जित हुन सक्ने सम्भावना बढ्दो देखिएको छ ।

आउदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिएका राजनीति दलका उम्मेदवारहरु जनताको घरदैलो कार्यक्रममा मत माग्न व्यस्त देखिएका छन।

यसै क्रममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पाटी (एकिकृत समाजवादी) को तार्केश्वर नगरपालिका वडा न ३ मा दुई दलिय बाम गठबन्धबाट उम्मेदवारहरु जनताको घरदैलोमा गयर मतमाग्न व्यस्त रहेका छन।

तार्केश्वर नगरपालिका वडा न ३ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पाटी (एकिकृत समाजवादी) का तर्फबाट वडा अध्यक्षमा हरिशरण घिमिरे रहेका छन भने सदस्यहरु महिला सदस्य -सुशिला गजुरेल ,दलित महिला सदस्य -लक्ष्मी परियार ,खुल्ला सदस्य-सुबास अर्याल , ऋषीराम अधिकारी रहेका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै