Comments Add Comment

Advertisment

SKIP THIS

गण्डकीका मुख्यमन्त्री पोखरेललाई आयोगले सोध्यो स्पष्टीकरण

२५ बैशाख , काठमाडौं । निर्वाचन आयोगले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसित स्पष्टीकरण मागेको छ ।

निर्वाचन आचारसंहिता उल्लंघनका विषयमा तीन दिनभित्र स्पष्टीकरण पेस गर्न भनिएको हो । आयोगको स्पष्टीकरणपत्रमा भनिएको छ, “तपाईंले प्रदेश सरकारको मुख्यमन्त्रीले सरकारी स्रोतको प्रयोग गरी गठबन्धनको चुनावी सभामा सहभागी हुनु निर्वाचन आचारसंहिताविपरीत हो/होइन ?,” “यदि, तपाईं गठबन्धनको चुनावी सभामा सहभागी हनुभएको हो भने तपाईंलाई निर्वाचन आचारसंहिताको उल्लंघनमा किन कारबाही हुनु नपर्ने हो, तीन दिनभित्र आयोगमा प्राप्त हुने गरी जवाफ पेस गर्नुहुन अनुरोध छ ।”

आयोगले निर्वाचन आचारसंहिता, २०७८ को दफा ५ को खण्ड (क) अनुसार मुख्यमन्त्री वा मन्त्रीले आफैँ उमेदवार भएको अवस्थामा बाहेक राजनीतिक दल वा उमेदवारको पक्ष/विपक्षमा प्रचारप्रसार गर्न नहुने स्मरण पनि गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

डलरको लोभ देखाएर ठगी गर्ने प्रहरी फन्दामा

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै