काठमाडौं , नेपाल प्रहरीको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी डीआईजी मुकुन्दराज आचार्यले समालेका छन् ।
गृह मन्त्रालयले शुक्रबार आचार्यलाई निमित्त कार्यकारी प्रमुखमा काज सरुवा गर्ने निर्णय गरेको थियो ।
आचार्यले आइतबार कार्यभार समालेका हुन् । यसअघि त्यहाँ कार्यरत एआईजी निरज शाही र डीआईजी डा. देवबहादुर बोहराले ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाश पाएका थिए ।
वैशाख १९ बाट राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान नेतृत्वविहीन थियो । डीआईजी आचार्यले कार्यभार समाल्दै सकल दर्जालाई ब्रिफिङ गरेका छन् ।





