Comments Add Comment

Advertisment

SKIP THIS

तोलामा एक हजार रुपैयाँले घट्यो सुन

२८ वैशाख, काठमाडौं । नेपाली बजारमा सुनको भाउ आज एक हजारले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन आज ९७ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार पनि सुन तोलामा ७ सयले घटेर प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको थियो।​

तेजावी सुन आज प्रतितोलामा ९६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

यस्तै, चाँदीको मूल्य पनि आज ३० रुपैयाँले घटेर १ हजार २ सय ४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै