२९ वैशाख, काठमाडौं । बन्दीपुर गाउँपालिका वडानम्बर ५ मा मौन अवधिमा बाँड्न लागिएको चामल प्रहरीले नियन्त्रणमा लिएको छ ।
बुधबार राति यम्पा भन्ने स्थानबाट बाँड्ने तयारी गरिरहेका बेलामा ५० बोरा चामल प्रहरीले नियन्त्रणमा लिएको हो ।स्थानीय भुजेल बस्तीलाई बाँड्ने तयारी गरेकोबेला माओओवादीको युवा संगठन वाईसीएलले चामल नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरेको थियो ।
चामल बाँड्न लागेको सूचना थाहा पाएपछि यम्पा पुगेको प्रहरीले चामद बरामद गरेको हो । चामल कुन पार्टी वा समूहले बाँड्न लागेको भन्ने नखुलेको प्रहरीले जनाएको छ ।


