Comments Add Comment

Advertisment

SKIP THIS

मौन अवधिमा रामचन्द्र पौडेलको अपिल–’सुरक्षित भविष्यको निम्ति मतको सदुपयोग गरौँ’

२९ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका नेताले सुरक्षित र राम्रो भविष्यका लागि आफ्नो मतको सदुपयोग गर्न अपिल गरेका छन् ।

शुक्रबार हुने स्थानीय तह निर्वाचनको मौन अवधि कायम रहेका बेला बिहीबार दिउँसो १२ बजेर ४१ मिनेटमा आफ्नो आधिकारिक फेसबुक पेजमार्फत नेता पौडेलले मतको सदुपयोग गर्न अपिल गरेका हुन् ।

‘निर्वाचन लोकतन्त्रको सुनौलो अवसर पनि हो । राम्रो र सुरक्षित भविष्यको निम्ति आफ्नो मतको सदुपयोग गरौँ,’ उनले अपिलमा भनेका छन्

स्थानीय तह निर्वाचन शुक्रबार हुँदै छ । शुक्रबार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदानको समय तोकिएको छ । मंगलबार मध्य राति १२ बजेबाट मौन अवधि सुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै