Comments Add Comment

Advertisment

SKIP THIS

नौ जना उम्मेदवारको मृत्यु, पुनःनिर्वाचन कार्यक्रम सुरु

२९ वैशाख, काठमाडौं । स्थानीय तहको निर्वाचनअन्तर्गत विभिन्न पदमा उम्मेदवारी दिएका नौ जना उम्मेदवारको मृत्यु भएको छ । निर्वाचन अयोगका अनुसार नगरपालिका उपप्रमुख, वडाध्यक्ष र वडासदस्यहरुको मृत्यु भएको छ ।

आयोगका अनुसार सुनसरीको हरिनगर गाउँपालिका वडा नम्बर ६ मा दलित सदस्यतर्फकी उम्मेदवार मडुवा देवी चमार, रौतहटको वृन्दावन नगरपालिका– ५ को महिला सदस्यतर्फकी उम्मेदवार मिना देवी, मोरङको केरावारी गाउँपालीका वडा नम्बर २ मा वडा सदस्यतर्फका उम्मेदवार नविन लिम्बुको मृत्यु भएको छ ।

त्यस्तै कपिलवस्तुको बुद्धभूमि नगरपालिका–८ को वडाध्यक्षका उम्मेदवार ओम प्रकाश तिवारी, सोही जिल्लाको कपिलवस्तु नगरपालिका– १० को वडासदस्यका उम्मेदवार राजेन्द्र थारुको मृत्यु र कपिलवस्तुकै महाराजगंज नगरपालिकाको उपप्रमुखकी उम्मेदवार शुभावती कुर्मीको मृत्यु भएको छ ।

रुपन्देहीको मर्चवारी गाउँपालिका– ३ दलित सदस्यतर्फकी उम्मेदवार कुसुमी पासिन, सिराहाको सिराहा नगरपालिका– ५ को वडा सदस्यतर्फकी उम्मेदवार मुना लेखा र दाङको तुलसिपुर नगरपालिका– १७ का वडाध्यक्ष पदका उम्मेदवार लभरू चौधरीको मृत्यु भएको आयोगले जनाएको छ ।

उम्मेदवारको मृत्यु भएपछि सम्बन्धित क्षेत्रमा निर्वाचन आयोगले पुनःनिर्वाचन कार्यक्रम सञ्चालन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै