०१ जेठ , काठमाडौं । स्थानीय तह निर्वाचन अन्तरगत ललितपुर जिल्लाका लागि स्थानीय तहका ५ वटा वडाको नतिजा आएको छ ।
जसअनुसार गोदावरी नगरपालिका वडा नम्बर १ मा काङ्ग्रेसका श्रीराज थापा विजयी भएका छन् । यसैगरी बाग्मती गाउँपालिका १ मा काङ्ग्रेसका ज्ञान बहादुर लो, महाङ्काल–६ मा काङ्ग्रेसकै विनोद चौँरेल विजयी भएका छन् ।
यस्तै कोञ्ज्योसोम गाउँपालिका १ मा माओवादी केन्द्रका सन्तलाल लामा र कोञ्ज्योसोम २ मा एमालेका रोहण लामा विजयी भएका छन् ।







