Comments Add Comment

Advertisment

SKIP THIS

मूल्यवृद्धि विरुद्ध देशभर आन्दोलनमा उत्रन अध्यक्ष बरालको आव्हान

०१ जेठ , काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्ष सुनिता बरालले सरकारले गरेको पेट्रोलिय पदार्थको मूल्यवृद्धि विरुद्ध देशभर आन्दोलन गर्न अनेरास्ववियुका मातहतका कमिटीलाई निर्देशन दिनुभएको छ ।

सरकारले आजदेखी लागु हुने गरी पेट्रोलियम पदार्थमा प्रतिलिटर रु १० का दरले मूल्यवृद्धि गरेको छ । सरकारको सोही कदमको विरुद्धमा अनेरास्ववियुले कडा शब्दमा आपत्ती जनाउँदै तत्काल मूल्यवृद्धि फिर्ता लिन सरकारलाई आग्रह गरेको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि फितामात्र नभई अन्य दैनिक उपभोग्य बस्तु वा पदार्थमा समेत चरम मूल्यवृद्धि हुँदा समेत सरकार कानमा तेल हालेर बसेको भन्दै अध्यक्ष बरालले तत्तकाल मूल्य वृद्धि फिर्ता तथा नियन्त्रणमा नलिए आन्दोलनको आँधीवेरी सिर्जना गर्ने चेतावनी समेत दिनुभयो ।

विज्ञप्ती

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै