०१ जेठ , काठमाडौं । धनकुटाकाे चौविसे गाउँपालिका वडा नं. २ का नवनिर्वाचित वडा सदस्य सूर्यअटल मगरको मृत्यु भएको छ । मतपरिणाम सार्वजनिक भएपछि खुसीयाली मनाउँदै गर्दै बेहोस भएर ढलेका उनकाे उपचारकाको क्रममा विराटनगरमा मृत्यु भएको हाे ।
शनिबार आएको मत परिणाम अनुसार चौविसे गाउँपालिका वडा नं. २ को वडा सदस्यमा नेकपा एमालेको तर्फबाट उम्मेदवार रही विजयी भएका थिए ।





