Comments Add Comment

Advertisment

SKIP THIS

अछामको मंगलसेन नगरपालिकामा एमालेको अग्रता कायमै

०१ जेठ , काठमाडौं । अछाम जिल्लाको सदरमुकाम रहेको मंगलसेन नगरपालिकामा नेकपा एमालेले अग्रता कायमै राखेको छ ।

वडा नम्बर १३ र ५ को मतगणना सम्पन्न हुँदा एमालेको अग्रता कायम देखिएको छ । एमालेको तर्फबाट मेयरका उम्मेदवार पदम बहादुर बोहराले वडा नम्बर १३ को मतगणना हुँदा १ सय २८ मतले अग्रता लिएका थिए भने वडा नम्बर ५ को गणना हुँदा नेपाली कांग्रेसका उम्मेदवार नम बहादुर शाहीले ९ मतले अग्रता लिएका छन् ।

तर, दुबै वडाको मत जोड्दा एमालेका उम्मेदवारको मत कांग्रेसका उम्मेदवारको भन्दा १ सय १९ बढी छ । अहिले वडा नम्बर १४ कालागाँउको मतगणना भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै