Comments Add Comment

Advertisment

SKIP THIS

थप सात जनामा कोरोना सङ्क्रमण पुष्टि

०१ जेठ , काठमाडौं ।  देशभर पछिल्लो २४ घण्टामा थप सात जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

सो अवधिमा दुई हजार १८८ जनाको नमूना परीक्षण गरिएको थियो । दुई हजार ९२ जनाको पिसिआर र ९६ जनाको एन्टिजिन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

सो अवधिमा १५ जना सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमण मुक्त हुनेको सङ्ख्या नौ लाख ६६ हजार ९०४ पुगेको छ । यो दर ९८ दशमलव आठ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ११ हजार ६९२ जनाले कोभिड विरुद्धको खोप लगाएका छन् । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या १४२ रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५२ पुगेको छ ।

१४२ जना सङ्क्रमित होम आइसोलेशनमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै