०३ जेठ , काठमाडौं । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज)का दुई जना संघीय समिति सदस्य स्थानीय तहको निर्वाचनमा विजयी भएका छन् ।
बैशाख ३० गते भएको स्थानीय तह निर्वाचन अन्तर्गत दुई गाउँपालिकाका उपाध्यक्षमा फोनिज संघीय समितिका दुई जना सदस्य निर्वाचित भएका हुन् ।
सोलुखुम्बुको नेचा सल्यान गाउँपालिकाका उपाध्यक्षमा फोनिजको संघीय समिति सदस्य बिना राई निर्वाचित भएकी छन् । त्यस्तै ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाका उपाध्यक्षमा फोनिज संघीय समितिका पूर्व सदस्य शान्ता आङ्बुहाङ लिम्बु निर्वाचित भएका हुन् ।
विना नेपाली कांग्रेसबाट सो गाउँपालिकामा उम्मेदवारी बनेकी हुन् । भने शान्ता नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्यबाट राजीनामा गर्दै नेकपा एमालेबाट उम्मेदवार बनेकी थिइन् ।






