Comments Add Comment

Advertisment

SKIP THIS

चितवनमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

०३ जेठ , काठमाडौं । चितवनको भरतपुर महानगरपालिका-५ नयनचोकमा हिजो बेलुकी मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरको हेटौडा उपमहानगरपालिका-१९ का २० वर्षीय बिशेष दाहाल रहेका छन् ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा कलेज अफ मेडिकल साइन्स अस्पताल भरतपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ । बिशालचोकबाट जानकीचोकतर्फ जाँदै गरेको ना ६३ प ९३०३ नम्बरको मोटरसाइकलले हिजो बेलुकी पौने ९ बजे विपरित दिशाबाट आउँदै गरेको ना ३८ प ७८७६ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । दुर्घटना पश्चात फरार भएका मोटरसाइकल चालकको खोजी भइरहेको वडा प्रहरी कार्यालय नारायणगढले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै