०५ जेठ , काठमाडौं । राष्ट्रिय संगितकर्मी संघको मिती २०७८ मङ्सिर ३ र ४ गते भएको ऐतिहासिक पाचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको खबर ताजा नै छ ।
CamScanner 05-19-2022 14.17 (1)
उक्त महाधिवेशनमा राष्ट्रिय संङ्गीतकर्मी संघले केन्द्रीयमा बिक्रम जंग शाह (सानुकान्छा) ले राजेन्द्र कुमार कार्कीलाई हराउदै अध्यक्षमा नियुक्ति भएका थिए ।

विशेष रिपोर्टिङको आधारमा हामिलाई गोष्य सुचना प्राप्त भएको छ । गएको २०७७/२०७८ को आर्थिक प्रतिबेदन हेर्दा लज्जास्पद नै थियो । आर्थिक प्रतिबेदन यस्तो थियो कि जहाँ २ घण्टा मै सबै आर्थिक गतिविधि पेश गरिएको थियो । यसो गरिरहदा महाधिवेशन नै रोकिने भएपछि आर्थिक गतिविधि फेरि दोहोराउने भनी २ जना सङ्गीतकर्मी संघ का आजिवन सदस्यलाई राखियो तर यो अहिले सम्म पनि बैठक बसाई आर्थिक प्रतिबेदन तयार नभएको जानकारी आएको छ ।
CamScanner 05-19-2022 14.17 (1)

बिक्रम जंग शाहले अहिले यसै संघ समाल्दै आएता पनि आर्थिक प्रतिबेदन को कुनै पनि निचोड नदिएको जानकारी न्युज24 ग्यालेक्सीलाई आएको छ ।
CamScanner 05-19-2022 14.17 (1)

थप अध्यक्ष बिक्रम जंग शाह (सानुकान्छा) जितेर आएपछि संघका निम्ति काम गर्छु भन्दै यस्तो प्रतिबद्धता पनि पेश गरेका थिए तर काम भने नभएको आकलन गर्न सकिन्छ । यसो भइरहदा राष्ट्रिय संङ्गीतकर्मी संघमा कतै लूटतन्त्र चलेकोत होइन भन्ने संगठन भित्र चलेको छ ।







