०५ जेठ , काठमाडौं । सरकारले आगामी जुन महिनादेखि ५ देखि ११ वर्षका बालबालिकालाई कोभिड–१९ विरुद्धको खोप दिने तयारी गरेको छ ।
स्वास्थ्य सेवा विभागअन्तर्गत आपूर्ति व्यवस्थापन शाखाका अनुसार सो उमेर समूहका बालबालिकालाई खोप दिन कोभ्याक्स सुविधामार्फत पहिलो चरणमा २० लाख डोज खोप ल्याइनेछ ।
आगामी जुनदेखि सो उमेर समूहका बालबालिकालाई खोप दिने तयारी गरिएको हो । खोप आउने मिति यकिन नभए पनि जुन अगाडि नै पहिलो चरणको २० लाख डोज खोप ल्याइने छ ।




