Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौँको उपमेयरमा सुनिता तेब्बर मतान्तरले अगाडि

०५ जेठ , काठमाडौं । काठमाडौं महानगरपालिकाको उपमेयर पदमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलले आफ्नो अग्रता कायम राखेकी छिन् ।

पछिल्लो मत परिणाम अनुसार उनले झण्डै तेब्बर मतले आफ्नो अग्रता कायम राखेकी हुन् ।

बिहीवार राति दिइएको पछिल्लो अपडेट अनुसार उपमेयरकी उम्मेदवार सुनिताले २४ हजार ५९२ मत ल्याएकी छिन् भने उनका निटकतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ७ हजार ८ सय ६८ मत प्राप्त गरे ।

यस्तै जारी मतगणनामा हालसम्म राप्रपाकी उम्मेदवार बिनिता मगैयाले ५ हजार ४६४ मत प्राप्त गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै