Comments Add Comment

Advertisment

SKIP THIS

जुम्लामा ‘पत्रकार लेखन वृद्धि पुरस्कार कोष’ स्थापना

०७ जेठ , काठमाडौं । जुम्ला जिल्लामा पहिलो पटक पत्रकार लेखन वृद्धि तथा महासंघमा योगदान पुर्‍याउने पत्रकार तथा कर्मचारीका लागि पुरस्कार कोष स्थापना गरिएको छ ।

नेपाल पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले आफ्नो ३९‌औँ जन्म दिनको अवसरमा लेखनमा योगदान पुर्‍याउने पत्रकार तथा कर्मचारीका लागि ११ हजार रुपैयाँ जम्मा गरी पुरस्कार कोष स्थापना गरेका हुन् । जन्मदिनमा केक काट्नु भन्दा केही रकम कोषमा जम्मा गर्न अन्य पत्रकारलाई पनि उनले अनुरोध गरेका छन् ।

अध्यक्ष शाहीले सो रकम बराबरको चेक नेपाल पत्रकार महासंघका सचिव मानदत्त रावललाई हस्तान्तरण गरेका छन् । सचिव रावलले रकम सानो भए पनि लेखन वृद्धिमा यसले महत्त्वपूर्ण योगदान खेल्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment