Comments Add Comment

Advertisment

SKIP THIS

हावाहुरीका कारण रूख ढल्दा कर्णालीमा विद्युत् सेवा अवरुद्ध

०८ जेठ , काठमाडौं । बाँकेको बैजनाथ गाउँपालिका- १ चिसापानीमा हावाहुरीका कारण रूख ढल्दा विद्युत् प्रसारण लाइनमा क्षति भएपछि कर्णालीमा विद्युत् सेवा शनिबार रातिदेखि अवरुद्ध भएको छ । शनिबार बेलुकी चलेको हावाहुरीले गर्दा रूख ढल्दा ३३ केभी प्रसारण लाइनको प्रसारण लाइन चुँडिएपछि विद्युत् सेवा अवरुद्ध भएको हो ।

आइतबार बिहानदेखि उक्त ढलेका रुखहरू हटाएर प्रसारण लाइनमा मर्मतको काम सुरु भएको नेपाल विद्युत् प्राधिकरण कर्णाली प्रदेशले जनाएको छ । १३३ केभी प्रसारण लाइन निर्माण गर्न ढिलाइ हुँदा हावाहुरी चल्नेबित्तिकै कर्णालीमा विद्युत् सेवा अवरुद्ध हुने गर्दछ । शनिबार रातिदेखि सुर्खेत, सल्यान, जाजरकोट, कालिकोट, जुम्ला र दैलेखमा विद्युत् सेवा अवरुद्ध भएको छ ।

लुम्बिनी प्रदेशको कोहलपुर हुँदै कर्णाली प्रदेशमा विद्युत् प्रसारण लाइन आउने गर्दछ । विद्युतमा हुने समस्याले गर्दा काममा बाधा पुगेको सेवाग्राहीहरूमा बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै