११ जेठ , काठमाडौं । गण्डकी प्रदेशका १३ जना प्रहरी अधिकारी रेकर्डमा जनिने गरी नगदद्वारा पुरस्कृत भएका छन् ।
पुरस्कृत हुनेहरुमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी रमेश थापा, जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रमुख एसपी प्रज्वल महर्जन, जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी राजेन्द्रबाबु रेग्मी, जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख एसपी दयानिधि ज्ञवाली, जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख एसपी राजीवबहादुर बस्नेत र जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एसपी केदार खनाल छन् । उनीहरुलाई जनही १ हजार ५ सय नगदले पुरस्कृत गरिएको हो ।
यस्तै, जिल्ला प्रहरी कार्यालय पर्वतका डीएसपी शिवराज बुढाथोकी र मुस्ताङका डीएसपी रामकुमार दाना जनही १ हजार ४ सय नगदले पुरस्कृत भएका हुन् ।
इलाका प्रहरी कार्यालय दुम्किवास नवलपरासी पूर्वका इन्स्पेक्टर रामनारायण गुप्ता, नेपाल पुलिस स्कुल बेलचौतारा तनहुँका इन्स्पेक्टर टेकबहादुर रावत, गण्डकी प्रदेश सप्रगण गुल्म मुका पोखराका इन्स्पेक्टर कमलकान्त पोख्रेल, इलाका प्रहरी कार्यालयका साराङ्घाट तनहुँका इन्स्पेक्टर नरहरी अधिकारी र इलाका प्रहरी कार्यालय आँबुखैरेनी तनहुँका इन्स्पेक्टर निरज डाँगी पनि पुरस्कृत भएका छन् । उनीहरु जनही १ हजार ३ सय नगदले पुरस्कृत भएका हुन् ।
आफ्नो जिम्मेवारी इमानदारी र उत्कृष्ण ढंगले कार्यसम्पादन गरेको पाइएकाले उनीहरुलाई नगदबाट पुरस्कृत गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालयको कर्मचारी प्रशासन शाखाको पत्रमा उल्लेख छ ।




