Comments Add Comment

Advertisment

SKIP THIS

झापामा यस वर्ष पाँच लाख बिरुवा वितरण गरिँदै

११ जेठ , काठमाडौं । डिभिजन कार्यालय झापाले यस वर्ष करिब पाँच लाख बिरुवा वितरण गर्ने भएको छ । फलफूल र बहुमूल्य प्रजाति गरी चार लाख ९५ थान बिरुवा वितरण गर्न लागिएको कार्यालयका सहायक वन अधिकृत राजकुमार खत्रीले जानकारी दिए।

ती मध्ये १५ हजार फलफूल र चार लाख ७५ हजार विभिन्न प्रजातिका रुखका बिरुवा छन् । वन बिरुवा रु ४७ लाख ५० हजार र फलफूलका रु छ लाख गरी रु ५३ लाख ५० हजार बराबरको बिरुवा वितरण गर्न लागिएको हो । बिरुवा असार १५ गतेदेखि वितरण गरिने कार्यालयले जनाएको छ ।

टिक, मसला, मलेसियन साल, सतिसाल, धुपी, खमारी, श्रीखण्ड, रुद्राक्ष, निमारो, कदम, चाप, गोल्डमोहा, कल्कीफूल, बकाइनोलगायतका २० प्रजातिका वन बिरुवा र आँप, कटहर, लिची, नरिवल र सुपारीको बिरुवा वितरण गर्न लागिएको उनले बताए । “यीमध्ये श्रीखण्ड र रुद्राक्ष बहुमूल्य प्रजातिका रूख हुनुका साथै धार्मिक दृष्टिकोणले समेत घरघरमा लगाउने गरिन्छ”, उनले भने, “यी बिरुवा हालै मात्र वितरण गर्न थालिएका हो ।” यी बिरुवा अन्यत्र नर्सरीबाट किन्दा रु दुई सयभन्दा बढी पर्ने भए पनि निःशुल्क वितरण गर्न लागिएको उनको भनाइ छ । यो वर्ष श्रीखण्डको मात्र १० हजार बिरुवा वितरणका लागि तयारी अवस्थामा रहेको छ ।

डिभिजन वन कार्यालयअन्तर्गतका सात नर्सरीमा बिरुवा तयार भइरहेका छन् । जलथल, चन्द्रगढी, बहुवन, सुरुङ्गा, केर्खा, प्रजापतिमा ७५/७५ हजार र कमलधापमा ५० हजार बिरुवा वितरणका लागि तयार गरिँदैछ । त्यस्तै, १५ हजार फलफूलका बिरुवाका लागि बोलपत्र आह्वान गरिएको छ । रु १५ बराबरको बोलपत्र आह्वान गरिए पनि रु छ लाख ठेक्का लागेको कार्यालयले जनाएको छ ।

गाउँघरमा रूख बिरुवाको माग र वितरणका लागि जिल्लाभर सात जना परिचालिका खटाइएको छ । उनीहरूले नै बिरुवाको माग विवरण तयार गर्ने सोहीअनुरुप बिरुवा तयार गरी वितरण गर्ने गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै