Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौकाे टिचिङ र वीर अस्पतालको डाक्टर भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

१२ जेठ , काठमाडौं । काठमाडौं– वीर अस्पताल र त्रिवि शिक्षण (टिचिङ) अस्पताल महाराजगञ्जको डाक्टर भन्दै ठगी गर्ने गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

आफूलाई डाक्टर बताएँदै छात्रवृत्तिमा अध्ययन गर्न पाउने कोटामा भर्ना गरिदिन्छु भनी ठगी गरेको अभियोगमा अछाम मंगलसेन नगरपालिका–२ बस्ने चक्र बहादुर बिक पक्राउ परेका हुन्। उनलाई बुधबार अछाम प्रहरीले पक्राउ गरेको हो।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा विदेशी नागरिकले ५० प्रतिशत छात्रवृत्तिमा एमबीबीएस अध्ययन गर्न पाउने कोटामा भर्ना गरिदिन्छु भनी बिकले ठगी गरेको प्रहरीले जनाएको छ।

उनले आफूलाई वीर र टिचिङ अस्पतालको एमबीबीएस र एमएस कन्सल्टेन्ट न्यूरोसर्जन डाक्टर दीपक बिसी हुँ भनी चिनाउने गरेका थिए।

छात्रवृत्तिमा एमबीबीएस अध्ययन गर्न पाउने कोटामा ३० लाख रुपैयाँ लिई भर्ना गरिदिन्छु भनी विश्वासमा पारी पीडितबाट पटक पटक गरी नगद १७ लाख रूपैयाँ लिई ठगी गरेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै