Comments Add Comment

Advertisment

SKIP THIS

यात्रा धार्मिक थियो, प्रस्थान अन्तै भयो !

१६ जेठ , काठमाडौं । आइतबार बिहान पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन भयो । सोही समयदेखिनै धनुषाको मिथिला नगरपालिका वडा नम्बर ११ स्थित राजनकुमार गोलेको परिवार ठूलो चिन्तामा पर्यो ।

सोही जहाजमा राजनकुमारसहित उनकै परिवारका ७ जना सवार थिए । यात्रा थियो– प्रसिद्ध धार्मिक स्थल ‘मुक्तिना दर्शन’को ।
बिहान जहाज सम्पर्कविहीन भयो । खराब मौसम भए पनि दिनभर खोजी चलिरहयो । तर, अबेर रातिसम्म पनि केही पत्तो लागेन । करिव १८ घण्टापछि आज बिहान जहाज भेटियो । तर, क्षतविक्षत अवस्थामा ।

जहाजमा गोले परिवारका ७ जना, चालक दलका ३ जना र अन्य स्वदेशी विदेशी १२ जना गरी २२ जना सवार थिए । आज विहान दुर्घटनाग्रस्त अवस्थामा मुस्ताङको थासाङ गाउँपालिका वडा नं २ स्थित पटके लेकको सानोसोरा भन्ने ठाउँमा जहाज भेटियो । तर, यात्रु कोही सकुशल भेटिएनन् ।

हिजदेखी चिन्तामा रहेको गोले परिवारको गाउँ आज शोकमा डुबेको छ । दुर्घ राजनकुमार गोले, उनका बुबा इन्द्रबहादुर, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङ गरी सात मृत्यु भयो ।

गोले परिवार मुक्तिनाथ सम्मको धार्मिक यात्रा थिए । तर, गन्तव्य अन्तै बन्यो !

दुर्घटनास्थनमा अहिले उद्धार जारी छ । हालसम्म १४ जनाको मात्र शव भेटिएको छ । दुर्घटनाका क्रममा जहाज क्षतविक्षत भएको छ । उद्धारमा खटिएकाहरुका अनुसार शवहरुको अवस्था पनि उस्तै छ ।

जहाज दुर्घटनाको कारण अहिलेसम्म खुल्न सकेको छैन । खराब मौसमका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान मात्र गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै