Comments Add Comment

Advertisment

SKIP THIS

नगर कार्यपालिकाको बैठक लाइभ गर्ने निर्णयमा बालेनको हस्ताक्षर

१६ जेठ , काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन) ले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै उनले उनले नगर कार्यपालिकाको बैठक लाइभ गर्ने निर्णयमा हस्ताक्षर गरेका छन्।

पदभार ग्रहणपछि उनले आफूले महानगरपालिकाको फोहोर व्यवस्थापनको कामलाई पहिलो प्राथमिकतामा राखेको बताएका छन्। निर्वाचनपछि कार्यपालिकाको प्रथम बैठक आजै दिउँसो ४ बजेका लागि बोलाइएको छ।

मेयर शाहले भने, ‘२–४ दिनअघि नै हामीले खादा, माला, अन्तर्वार्ता र सेलिब्रेसन फोहोरको व्यवस्थापन नभएसम्म नगर्ने भनेका छौं। हामीले गरेको पापको भारी सिसडोलबासीले भोग्दै हुनुहुन्छ। उहाँहरू क्यान्सर पीडित हुनुभएको छ, छालाको रोग लागेको छ। मानिस मरिरहनुभएको छ। यो शोक मनाउने बेला हो। फोहोरको व्यवस्थापन नहुन्जेल र सिसडोलबासीले स्वच्छ वातावरण र हावामा बस्ने र पानी पिउने वातावरण नहुन्जेल अरु काम हुँदैन।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै